Media Network

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (फोटोफिचर)


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७८,सोमबार

काठमाडौँ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। 


पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका भएपनि प्राविधिक कारणले गर्दा भर्खर मात्रै मतदान सुरु भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।


मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।


१४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिएको छ। 


निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्। 


सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गर्ने भएका हुन्। संस्थापनइतर समूहले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा. कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो। १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद