Media Network

कांग्रेसले टुंग्यायो मन्त्री बन्नेको नाम, रक्षामा मिनेन्द्र र कानूनमा दिलेन्द्र 


खबरस्टोरी संवाददाता

२२ आश्विन २०७८,शुक्रबार

काठमाडौँ।  नेपाली कांग्रेसले सरकारमा सहभागी मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसको तर्फबाट बाँकी मन्त्रालयमा डा. मीनेन्द्र रिजाल, दीलेन्द्र बडू, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् । 

स्रोतका अनुसार रिजाल रक्षामन्त्री बन्ने टुंगो लागेको छ भने दिलेन्द्र बडू कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने तय भएको छ । उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिन लागिएको हो । 

कृष्ण सिटौला समूहबाट मन्त्री बन्न लागेका उमाकान्त चौधरीलाई खानेपानी तथा सरसफाइ मन्त्रालय दिन लागिएको हो । अहिले कानून मन्त्रीको जिम्मेवारी सम्हालेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयमा पठाउन लागिएको कांग्रेस स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीका मन्त्री समावेश गरेर आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद