कांग्रेससँग सहकार्य गर्न एमाले तयार छः ओली


खबरस्टोरी संवाददाता
२४ मंसिर २०७८, शुक्रबार
कांग्रेससँग सहकार्य गर्न एमाले तयार छः ओली

काठमाडौं।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताएका छन्।

कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए।

त्यस्तै महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य दिएलगत्तै ओली त्यहाँबाट निस्किएका छन्।