काठमाडौँ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद् बैठक बोलाएका छन्। कार्की कायममुकायम भएपछि पहिलोपटक परिषदको बैठक बस्न लागेको हो। बैठक आज (बुधबार) दिउँसो ४ बजे बस्दै छ।
परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनेछन् । बैठकमा विशेष अदालत र राजश्व न्यायाधीकरणमा अध्यक्ष सिफारिस गर्ने तयारी छ। दुवै निकाय ६ महिनादेखि प्रमुख रिक्त छन् ।