Media Network

कमल थापाले हारे, परिवारका तीन सदस्य भने विजयी


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौं । महिला खुल्लातर्फ उम्मेदवारी दिएकी प्रतिष्ठा थापा केन्द्रीय सदस्यमा विजयी भएकी छन् । राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापाकी छोरी प्रतिष्ठाले २३ औं स्थानमा रहँदै जित हासिल गरेकी हुन् ।

सार्वजनिक मत परिणाम अनुसार प्रतिष्ठाले १५३० भोट ल्याएकी छन् । महिला खुल्लातर्फ सर्वाधिक भोट भने कुन्तीदेवी पोखरेललाई प्राप्त भएको छ । यसअघि पार्टीको कुनै कमिटीमा नरहेकी उनि एकैपटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी कमल थापाकी कान्छी छोरी हुन् । 

त्यस्तै कमल थापाका भाइ तथा नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापा राप्रपा केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनका कान्छा छोरा अभिषेक थापा पनि केन्द्रीय सदस्य विजयी भएका छन् ।

खुल्लातर्फ उम्मेदवारी दिएका गणेश थापाले १३३२ मत ल्याउँदै जित हासिल गरेका हुन् भने उनका छोरा अभिषेक थापा ले १३२७ भोट ल्याएर जित हासिल गरेका  हुन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद