Media Network

कम्युनिस्ट स्थापनाकै दिन मदन भण्डारीको शालिक तोडफोड


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन मकवानपुरको हेटौंडामा मदन भण्डारीको शालिक तोडफोड भएको छ । हेटौंडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा निर्मित मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको हो । 

बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए ।

पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको  उनले बताए । ‘त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् । 

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ । (न्यूज कारखाना)


Share:
Reaction :
ताजा समाचार
खेलकुद