आइतबार पोखरामा सत्तागठबन्धनले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने “स्थायित्व, स्थिरता र विकासको लागि गठबन्धनलाई जिताउनु पर्छ । यदि ओलीले जितेमा भोली नै संसद भंग गरि दिन सक्छ। ओली र उनले नेतृत्व गरेको पार्टी नै गणतन्त्र र प्रजातन्त्रको खिलापमा रहेका छन् ।”
देउवाले अहिले गठबन्धनको आवश्यकता सबै भन्दा बढी आफ्नो दल नेपाली कांग्रेसलाई रहेको बताएका छन् । “ओलीको नेतृत्वमा सरकार हुँदा कस्तो अवस्था थियो ? गठबन्धन बनेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । अहिले सबै दल सरकारमा सहभागि भएका छन् । कांग्रेसका अन्य साथिहरू गठबन्धनमाथि शंका, उपशंका गर्ने काम गर्नु हुँदैन । अहिले गठबन्धनलाई सहयोग गर्ने समय हो,” उनले भने ।
गठबन्धनलाई बचाई राख्नको लागि गठबन्धनबाट उम्मेदावरी दिएका देशै भरिका उम्मेदवारहरुलाई विजय जरुरी रहेको छ । भन्दै देउवाले गठबन्धनलाई सफल बनाउन आफुहरुको कर्तव्य रहेको पनि बताएका छन् ।