Media Network

कर्णालीमा एकीकृत समाजवादी दलको नेतामा शाही


खबरस्टोरी संवाददाता

१७ कार्तिक २०७८,बुधबार

सुर्खेत।  नेकपा (एकीकृत समाजवादी)ले कर्णाली प्रदेशसभा संसदीय दलका नेतामा चन्द्रबहादुर शाहीलाई चयन गरेको छ ।

मुगु प्रदेशसभा क्षेत्र (क)बाट प्रत्यक्ष निर्वाचित उनि पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज पनि हुन्  । संसदीय दलले नेता शाहीका नेतृत्वमा तीन मन्त्रालय लिने गरी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । नेता शाहीले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर तिहारलगत्तै आफ्नो पार्टी सरकारमा जाने जानकारी दिए । ३५ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीका तीन सदस्य छन् । रासस  

Share:
Reaction :
ताजा समाचार
खेलकुद