काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी पत्रकार महासंघले कार्यविभाजन गरेको छ ।
क्रान्तिकारी पत्रकार महासंघले सोमवार काठमाडौको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न केन्द्रीय समिति बैठकले कार्यविभाजन गरेको हो ।
कार्यविभाजनअनुसार, प्रदेश १ ंसंयोजकमा मधुकर थापा, बाग्मतीमा सचीव रणसुर महतरा, उपत्यका प्रदेश समितिमा सागर श्रेष्ठ , गण्डकीमा उपाध्यक्ष रामकुमार श्रेष्ठ, लुम्बिनीमा उपाध्यक्ष दामोदर खनाल र सुदूरपश्चिममा कोषाध्यक्ष धनन्जय अवस्थीलाई संयोजकको भुमिका प्रदान गरिएको महासंघ अध्यक्ष नारायण पंगेनीले जानकारी दिए ।
साथै क्रान्तिकारी पत्रकार महासंघले आगामी तीन महिना देशैभर संगठन सुदृढ तथा विस्तार अभियान संचालन गर्ने भएको छ । अध्यक्ष पंगेनीकाअनुसार, राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै तीन महिने कार्ययोजना अघि बढाएको हो ।
बैठकले चैत्र मसान्तसम्म प्रदेश र जिल्लाका भेला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकबाट मिडियामा बढ्दो अपारदर्शी बैदेशिक लगानीका बिरुद्ध र श्रमजीवी पत्रकार एंव साना लगानीमा संचालित संचारमाध्यमको पक्षमा संर्घषका कार्यक्रम तय गरिएको महासचिव रवि पाण्डेयले जानकारी दिए ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणको विशेष उपस्थितिमा बसेको बैठकले तीन महिना राष्ट्रियताकोबारेमा संघर्ष अभियान पनि चलाउने निर्णय गरेको छ ।
बैठकमा क्रान्तिकारी माओवादी महासचिव वैद्यले वर्तमान अवस्थामा जनपक्षीय पत्रकारहरुको भुमिका झन बढेर गएको बताए । उनले संसदवादी हावा हुन्डरीकाबीच क्रान्तिकारी पत्रकारहरुले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा कलम चलाएको भन्दै एमसीसीका बिरुद्ध देशभक्तहरु एकजुट हुने समय आएको बताए ।
यस्तै, बैठकले प्रेम कँडेलको संयोजकत्वमा तीन सदस्यी लेखा समिति पनि गठन गरेको छ भने पत्रकार हिरामणि दुखीको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय सल्लाहकार समिति चयन गरेको छ ।