Media Network

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी


खबरस्टोरी संवाददाता

६ फाल्गुन २०७८,शुक्रबार

काठमाडौं। संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा एमाले भने सहभागी छैन । त्यस्तै आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद