आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले खेतिको समयमा पनि किसानलाई मल अभाव भएको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसदहरुको कुरा सुनेपछि सभामुख सामकोटाले भने “माननीय सदस्यहरुले उठाउनु भएको खेतिको समयमा पनि किसानहरुले मल नपाएको भन्ने कुरामा मेरो गम्भिर ध्यानाकर्षण भएको छ, यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवम् नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।”