काठमाडौं । नेकपा एमालेका संगठन विभागका निवर्तमान प्रमुख एवम् प्रभावशाली नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिने बताएका छन् ।
अधिकारीले पार्टीका कार्यकारी जिम्मेवारी र कमिटीहरूबाट अलग हुने निर्णय सार्वजनिक समेत गरेका छन् ।
पचास वर्ष लामो राजनीतिक यात्रा गरेका अधिकारीले नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता नभएको र राजनीतिकर्मी रहेको बताएका छन् ।
अधिकारीले विगतको समीक्षा गर्दै आफूले सधैँ इमान र निष्ठाको राजनीति गरेको र पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको बताए ।
आफूले कहिल्यै पद र अवसरका लागि मरिहत्ते नगरेको स्पष्ट पार्दै अधिकारीले एउटा असल कम्युनिष्ट बन्ने सपना बोके पनि सबै मानकहरू पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।