काठमाडौं । काठमाडौं महानगरमा एमालेबाट मेयर पदको उम्मेदवार बनेका केशव स्थापित र पछिल्लो समयमा यूवापुस्ता माझ चर्चित बनेका स्वतन्त्र उम्मेदवार बालेन शाहको जम्काभेट भएको छ ।
सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरु एक आपसमा ठोक्किन पुगेका थिए ।एमालेका मेयर उम्मेदवार स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहितको जुलुस र बालेनको जुलुसका क्रममा भेट भएपछि एक–अर्कालाई अंकमाल गर्दै शुभकामना साटासाट गरेका थिए ।