Media Network

केशव स्थापितले माफी मागे


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् । मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर शाक्यले माफी मागेका हुन् ।

राजधानीमा मंगलबार आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले आफ्नो अभिव्यक्ति, लेखाइ, हाउभाउ र व्यवहारबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताए ।

‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ। कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने, ‘मेरो हाउभाउले कसैलाई पीडा भएको छ भने माफ पाउँ । हाम्रो संस्कारमा क्षमा माग्न पाइन्छ । केही महिलालाई यो मान्छे कठोर छ कि जस्तो लागेको भए म फूल जस्तो मान्छे हुँ, सेवा गर्न पाउँ।’





Share:
Reaction :
ताजा समाचार
खेलकुद