उनले सामाजिक सञ्जाल फेसबुकमा एक पत्र सार्वजनिक गर्दै स्थापितले आफ्ना विरुद्ध पैसा बाडेर नियोजित समचार लेख्न लगाएको र अझ पनि समचार आउँदै होलन भनेकी छन् ।
यस्तो छ उनले जारी गरेको स्टाटसः
“बिहिबार एउटा कलेजमा प्रश्न गरेका एक युवा महिलालाई दुर्व्यवहार गरेर सर्वत्र आलोचित भएपछि शुक्रबारको दिन केशव स्थापितले होटल ऐलो पगोडामा नेवार पत्रकारहरुलाई बोलाएर आफूले भ्यूटावर र एभरेष्ट होटल किन्ने र त्यसको एक तलामा नेवार पत्रकारहरुलाई सित्तैमा अफिस दिने, महिनावारी भत्ता दिने र जितेपछि कामपाबाट मिल्नेजति नियमित पैसा दिने तर त्यसको लागि उसको बिरुद्ध आउने सब स्वरहरुको बिरुद्ध लेख्नुपर्ने कुरा राखेको रैछ । त्यसैको योजना अनुरुप सबसँग पैसा खाँदै समाचार बनाउने एक अनलाईन ‘लहना डटकम’ ले समाचार बनाएछ, अरु पनि नियोजित समाचार आउँदैहोला ।”
२०६० सालको असारमा मैले मेरो मातहतको एकजना ड्राइभरलाई गाली गर्यो भनी सम्पूर्ण सफाइ कर्मचारीलाई ३ दिनसम्म आन्दोलित गराइयो केशव स्थापितको निर्देशनमा । सत्यतथ्य बाहिर आउला भनी ुमैले गाली गर्यो भन्ने ड्राइभरुलाई त्यो आन्दोलन भरी लुकाइयो । मैले आफै राजीनामा गर्छ भनी मलाई बेइज्जत गर्न त्यस्तो गराएको थियो तर मेरो गल्ती थिएन त्यसैले राजीनामा गरिँन । पछि राजाको नियुक्तिमा दोस्रो पटक मेयर भएर आएपछि पहिलो निर्णय गरि मलाई हटाइयो। यदि मैले अनियमितता गरेको भए मलाई हटाइएको पत्रमा किन त्यो कुरा उल्लेख भएन? किन त्यो बेला म माथि केहि कारवाही गरिएन ? २०६० कार्तिक २ मा मलाई थमाइएको अवकाश पत्र यहाँ राखेकि छु ।
पुनश्च मलाई हटाइएको भोलीपल्ट एउटा नेवारी पत्रिका ‘संध्या टाइम्स’ (जुन अहिले नेपालभाषा टाइम्स भएको छ) मा’ रश्मिला प्रजापतिलाई भ्रष्टाचार गरेकोले हटाइयोु भनी फ्रन्ट पेजमा बक्स न्युज छापेको थियो । त्यो पनि नेवार समुदायमा मलाई बेइज्जत गर्नको लागि गरिएको एउटा प्रायोजित समाचार थियो ।