Media Network

कृष्णबहादुर महराका स्वकीय सचिव शर्माले गरे एमाले प्रवेश


खबरस्टोरी संवाददाता

१० चैत्र २०७८,बिहीबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले नेकपा एमालेमा प्रवेश गरेका छन् । 

शर्मा माओवादी केन्द्र दाङ्को घोराही उपमहानगरपालीका अध्यक्ष थिए । उले गएको मंगलबार मात्रै माओवादी केन्द्रबाट राजीनामा दिएका थिए । उनले बिहिवार  नेकपा एमालेको केन्द्रीय समिती बैठकबाट अध्यक्ष ओलीको हातबाट टीका तथा खादा ग्रहण गरी एमालेमा प्रवेश गरेका छन् । 

उनीसंगै अघिल्लो स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उपमेयर लडेकी सीता चौधरिले पनि एमाले प्रवेश गरेकी छन् । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद