काठमाडौँ आइपुगे चिनियाँ कम्युनिस्ट नेता लिउ


खबरस्टोरी संवाददाता
२६ असार २०७९, आईतवार
काठमाडौँ आइपुगे चिनियाँ कम्युनिस्ट नेता लिउ
काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार काठमाडौँ आइपुगेका छन्। उनि चार दिने नेपाल भ्रमणको सिलसिलामा आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै काठमाडौँ आइपुगेका हुन्। ।

उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार उनले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरूसँग उनले सोमबार भेट गर्नेछन् ।