Media Network

काठमाडौं महानगरका मेयर र उपमेयरले गरे मानवसेवा आश्रम अवलोकन


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०७९,सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोलले मानवसेवा आश्रमको हेटौंडा कार्यालयको अवलोकन गरेका छन् ।

वागमती प्रदेश सरकारले सोमबार र मंगलबार प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको छ ।

सरकारसँगको समन्वयमा लामो समयदेखि मानवसेवा आश्रम देशभर सडक मानवमुक्त अभियानमा लाग्दै आएको छ । 

काठमाडौं महानगरपालिकामा रहेका सहयोगापेक्षी बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, सडकआश्रित मानवलाई उद्दार गरि काठमाडौं महानगरपालिकालाई वेवारिसे सडक मानवमुक्त निर्माण एवं घोषणा गर्ने आश्रमले मेयर उपमेयर समक्ष प्रस्ताव राखेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद