Media Network

काठमाडौं महानगरका वडा अध्यक्षको गुनासो : मेयर अनुगमनमा आउँदा हामीलाई जानकारी नै गराइएन


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

काठमाडौँ । काठमाडौँ  महानगरपालीकाका मेयर बालेन्द्र शाह स्थलगत अनुगमनमा आउँदा आफुहरुलाई जानकारी नै नदिएको भनेर वडा अध्यक्षहरुले गुनासो गरेका छन् । 

आइतबार बसेको काठमाडौँ  महानगरपालीकाको कार्यपालीकाको बैठकमा वडा अध्यक्षहरुले मेयर स्थलगत अनुगमनमा आउँदा आफुहरुसँग समन्वय नै नगरेर आएको भन्दै गुनासको गरेका हुन् । 

वडा नम्बर २२ का वडा अध्यक्ष चिनकाजी महर्जनले शनिबार मेयर शाह सुनधारा क्षेत्रको अवलोकन गर्न आएको तर आफुलाई जानकारी नगराएको गुनासो गरेका थिए । उनले भने “मेयर साप हिजो सुन्धारा पुग्नु भएको रहेछ, हिजो धेरै साथिहरुले मलाई फोन गरेर सोध्नु भयो । तपाई कहाँ हुनुहुन्छ भनेर । मेयरको उपस्थिति हुँदा तपाई कि उपस्थित हुँनु भएन भेर प्रश्न गर्नु भयो । मेयरले मलाई पनि खबर गरेको भए मैले स्वागत गर्थे । अझ समन्वय गर्थे ।” त्यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष विमल कुमार होडाले पनि मेयर आफ्नो वडामा आएर अनुगमन गरेको तर आफुलाई जानकारी नगराएको भनेर दुखेसो पोखेका थिए । उनीहरुको गुनासो सुनिसकेपछि मेयर बालेन्द्र शाहले प्रस्टिकरण दिँदै आफुलाई शनिबारको दिन दुःख नदिउ भनेर जानकारी नगराएको तर अब देखि जानकारी गराउने प्रतिबद्धता जनाए । 

आजको बैठकमा वडाअध्यक्षहरुले  फोहोर व्यवस्थापन गर्नको लागि अब देखि प्लाष्टिक उद्योगहरुसँग समन्वय गरेर घरघरमा फोहोर राख्ने भाडाहरु उपलब्ध गराउन पहल गर्न मेयर साहलाई प्रस्ताव गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद