काठमाडौंमा आज सत्तागठबन्धन दलहरुको चुनावीसभा


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
काठमाडौंमा आज सत्तागठबन्धन दलहरुको चुनावीसभा
काठमाडौं । काठमाडौं उपत्यकामा सत्ता गठबन्धनले आज संयुक्त चुनावीसभा गर्ने भएको छ । 

बिहीबार चितवनमा चुनावीसभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्दैछ । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

काठमाडौं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावीसभा आयोजना गर्दैछ ।