काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बुधबार काठमाडौंसहित देशैभर मशाल जुलुस प्रदर्शन भएका छन् ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका विद्यार्थीहरुले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा मशाल जुलुस निकालेका थिए भने अन्य ठाउँमा नेकपा (विप्लव)सहित ६ कम्युनिस्ट पार्टीले मशाल जुलुस निकालेका छन् ।काठमाडौंका छुट्टाछुट्टै पाँच ठाउँबाट मशाल जुलुस निकालेको एमसीसीविरुद्ध पाँच दिने आन्दोलन घोषणा गरेका विप्लव–वैद्यसहितका ६ दलले जनाएका छन् । एमसीसी प्रस्ताव संसदमा टेबल गरी भोलिदेखि छलफल हुदैछ।
प्रतिनिधिसभाको विहीबार दिउँसो १ बजे बोलाइएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे छलफलको प्रस्ताव गर्ने कार्यसूची रहेको छ।