क्यान्सर पीडित आरोही तामाङलाई भेट्न क्यान्सर अस्पताल पुगे प्रचण्ड


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
क्यान्सर पीडित आरोही तामाङलाई भेट्न क्यान्सर अस्पताल पुगे  प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका आरोही शम्भु तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रचण्डले आइतबार बिहान हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पताल पुगेर त्यहाँ उपचाररत तामाङलाई भेटेका हुन् ।

प्रचण्डले तामाङको स्वास्थ्य उपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।