Media Network

खुमलटारमा जुटे माओवादीका पूर्व स्थायी समिति


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा पार्टीका पूर्वस्थायी समिति सदस्यहरू आइतबार विहानै जुटेका छन् । 

स्थानीय तहको समिक्षा गर्न भन्दै माओवादी केन्द्रका पूर्व स्थायी कमिटीका सदस्यहरुलाई शनिवार अपरान्ह ३ बजे डाकिएको थियो । तर बैठकको तयारी नपुगेको भन्दै आजलाई सारिएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने बताइएको छ ।  



Share:
Reaction :
ताजा समाचार
खेलकुद