खसआर्यबाट रमेश प्रसाईँ मात्रै रास्वपाको समानुपातिकमा


खबरस्टोरी संवाददाता
१ चैत्र २०८२, आईतवार
खसआर्यबाट रमेश प्रसाईँ मात्रै रास्वपाको समानुपातिकमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा जितेका ५७ सिटमा आफ्ना विजयी उम्मेदवारको सिफारिस गरेको छ । रास्वपाले सिफारिस गरेको समानुपातिकको सूचीमा खसआर्यबाट एक मात्र रमेश प्रसाईँ समेटिएका छन् । 

रास्वपाले खस आर्यतर्फ १६ जना महिला र एक मात्र पुरुष उम्मेदवार सिफारिस गरेको छ । पुरुषमा पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ सिफारिस भएका हुन् । दोस्रो स्थानमा रहेका सुदीप ढकाल र तेस्रो स्थानमा रहेका प्रमोद न्यौपाने अटाउन सकेनन् । प्रदीपले आफू समानुपातिकमा पर्ने भन्दै मिडियामा अन्तर्वार्तासमेत दिँदै हिँडेका थिए । 

आदिवासी जनजातितर्फ १३ महिला र ३ पुरुष छन् । पुरुषतर्फ राम लामा, खुस्बु सरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पाको सिफारिस गरिएको छ । राम र मिङमा बालेनको कोटाबाट परेका हुन् । मधेसीतर्फ ६ महिला र ३ पुरुष छन् । दलिततर्फ ७ महिला र १ पुरुष छन् । दलित पुरुषतर्फ दोस्रो नम्बरमा रहेका प्रकाश सपुत अटाएनन् ।

थारुबाट २ महिला र दुई पुरुष सिफारिस भएको छ भने मुस्लिमबाट तीन महिला सिफारिस भएका छन् ।

हेर्नुस् पुरा सूचीः

खस आर्यबाटः

प्रतिभा रावल

रचना खतिवडा

लिमा अधिकारी

विदुषी राणा

समीक्षा बास्कोटा

श्रद्धा कुँवर

टीका सङ्ग्रौला

क्रान्ति शिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुसाल

प्रभा कार्की

शोभा खनाल

रत्ना कुमारी थापा

ज्ञानु पौडेल

प्रभा ढकाल

रमेश प्रसाईँ


आदिवासी जनजातिबाटः

बसुमाया तामाङ

गङ्गा छन्त्याल

सुन्नीमा उदास

अनुष्का श्रेष्ठ

ओजस्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुसुम महर्जन

भूमिका श्रेष्ठ

प्रमीला कुलुजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

राम लामा

खुश्बु सरकार श्रेष्ठ

मिङ्मा ग्याबु शेर्पा


मधेसीबाटः

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

पुरुषोत्तम सुप्रभात यादव

खगेन्द्र कर्ण


दलितबाटः

रीमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार

तारा विश्वकर्मा

खिमा विक


थारुबाटः

गीता चौधरी

करिस्मा कठरिया

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी


मुस्लिमबाटः

समिना मिया

अफ्साना बानु

गलाजा शमीम मिकरानी