१० जना अध्यक्षरप्रमुखका लागि ४६ जना र १० उपाध्यक्षरउपप्रमुखका लागि ३६ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले बताए ।
७९ वडाध्यक्षका लागि २९५ जनाको उम्मेद्वारी परेको छ । यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४९७ जना, ७९ जना महिला वडा सदस्यका लागि २३४ र ७९ जना दलित महिला सदस्यका लागि २२२ जनाको मनोनयन दर्ता भएको छ ।