Media Network

लोसपा र लोक दलबीच एकता


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र लोक दलबीच पार्टी एकता भएको छ । आज दुई पार्टीबीच भएको एकताको सहमतिपत्रमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र लोक दलका अध्यक्ष कौशल कुमार सिंहले हस्ताक्षर गरेका छन् ।

पार्टी एकताबारे दुई दलबीच ४ बुँदे सहमति भएको छ । उक्त सहमतिअनुसार लोक दलले लोसपाको नाम, झण्डा र छाप स्विकार गर्ने भएको छ । त्यस्तै, लोक दलबाट नेता तथा कार्यकर्ताहरुलाई सहमतिअनुसारको स्थान र सम्मान लोसपा नेपालले प्रदान गर्ने भनिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद