Media Network

लोसपा संसदीय दलको बैठक बस्दै : एमसीसीका विषयमा छलफल हुने


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ  । 

उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । एमसीसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको (लोसपा)को आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ । उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छ ।

एमसीसी सम्झौता छलफलका लागि सदनमा पेश भइसकेको अवस्थामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्वका साथ हेरिँदै आएको छ ।

लोसपाको दुई केन्द्रीय नेताहरुले पार्टी छाडेर तराई मधेस लोकतान्त्रिक पार्टीमा गएपछि मंगलबार बबरमहलस्थित पार्टी कार्यालयमा शीर्ष नेताहरुको बैठक बसेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद