Media Network

लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र, यस्ता छन् माग


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई देउवालाई ११ बुँदे औपचारिक ज्ञापनपत्र बुझाएका छन् । मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी अध्यक्ष महन्थ ठाकुरले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरिएको छ । 

त्यस्तै संविधान संशोधन गर्नुपर्ने, जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र संघीय संसदमा प्रतिनिधित्व हुनुपर्ने, पूर्व न्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरिएका सम्झौता लागू गर्ने/गराउने लगायत माग ज्ञापनपत्रमा उल्लेख छन् ।

ज्ञापनपत्र मार्फत्  पार्टीले उठाइएका माग मुद्दाहरुको सन्दर्भमा विगतदेखि विभिन्न सरकारहरुसँग समझदारी र सम्झौता हुँदै आए पनि प्रतिबद्धतामा कुनै सम्बोधन नभएको उल्लेख गर्दै पुन: स्मरण गराउन ज्ञापनपत्र बुझाएको लोसपाले जनाएको छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद