Media Network

माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले


खबरस्टोरी संवाददाता

८ फाल्गुन २०७८,आईतवार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ ।

सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो । संसदमा गर्दौ आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने ।

गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद