Media Network

महाभियोग लागेपछि सर्वोच्चमा पत्र बुझेर लुसुक्क बाहिरिए जबरा


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७८,आईतवार

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराआफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि सर्वाेच्च अदालतबाट लुसुक्क बाहिरिएका छन् । 

सत्तारुढ गठबन्धनका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो ।

संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वाेच्चबाट बाहिरिएका हुन् । महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन् । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद