काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्। सत्तारुढ दलका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै राणा स्वतः निलम्बनमा परेका हुन्।
संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः निलम्बित हुने व्यवस्था छ।राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन्।प्रधानन्यायाधीश जबराविरुद्ध ९८ जना सांसदहरुले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन्। जसमा ३ जना प्रस्तावक र ९५ जना समर्थक रहेका छन्। पुष्पा भुसाल, देव गुरुङ र जीवनराम श्रेष्ठ प्रस्तावक छन्।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेका छन् ।