महामन्त्री गगन थापा भन्छन्- मंसिर ४ या ५ गते चुनाव हुन्छ


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
महामन्त्री गगन थापा भन्छन्- मंसिर ४ या ५ गते चुनाव हुन्छ
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय चुनाव आगामी मंसिर ४ या ५ गते हुने दाबी गरेका  छन्।

थापाले आज सोमबार ललितपुर क्षेत्र नम्बर-२ मा आयोजित एक कार्यक्रममा बोल्दै साउन ४ या ५ गतेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने बताएका हुन्। उक्त घोषणा गरेको मिति अनुसार आगामी मंसिर ४ या ५ गते चुनाव हुने बताएका छन् ।

उनले अब निर्वाचन मिति घाेषणा हुन हप्ता दिनमात्र बाँकी रहेकाले मतदाता नामावली संकलनको काममा तीव्र रूपमा लाग्न आफ्ना कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।