थापाले आज सोमबार ललितपुर क्षेत्र नम्बर-२ मा आयोजित एक कार्यक्रममा बोल्दै साउन ४ या ५ गतेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने बताएका हुन्। उक्त घोषणा गरेको मिति अनुसार आगामी मंसिर ४ या ५ गते चुनाव हुने बताएका छन् ।
उनले अब निर्वाचन मिति घाेषणा हुन हप्ता दिनमात्र बाँकी रहेकाले मतदाता नामावली संकलनको काममा तीव्र रूपमा लाग्न आफ्ना कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।