थापाले भने ‘एमालेको तर्फबाट काठमाण्डौँ महानगरको उम्मेदवार उठेका केशव स्थापीतले सिंगो महिला जगतको अपमान गरेका छन् । सुर्यमा मतदान गर्ने महिलाहरुको पनि अपमान हो । स्वयम उहाँकै उपमेयरको उम्मेदवारको पनि अपमान हो । त्यसैले महिलाहरुको अपमा नगर्ने लाई मतदान नगरौँ ।’
एमालेले काठमाण्डौँ महानगरपालीकामा जितेर ५ वर्षलाई खेर फालेको थापाले आरोप लगाएका छन् । एमालेले काठमाण्डौँलाई कस्तो बनाउने भनेको थियो ? अहिले कस्तो भयो ? एमालेका उम्मेदवार हरुले के के काम गरे देखाउन सकेका छन् ? काठमाण्डौँ कति सहज र सफा भयो ? काठमाण्डौँ महानगरको स्रोत साधन के हो ? भनेर पश्न गर्दै थापाले अब जनताले एमालेलाई दण्ड दिनुपर्ने बताए ।