Media Network

मोहन वैद्यले भने– नयाँ प्रतिक्रियावादीविरुद्ध लड्नुपर्ने भयो


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले आफूहरु नयाँ प्रतिक्रियावादीहरुसँग लड्नुपर्ने अवस्था रहेको बताएका छन् । 

क्रान्तिकारी माओवादीका नेता श्रीनाथ अधिकारी ‘श्याम’को तेस्रो स्मृति दिवस कार्यक्रम तथा श्याम स्मृतिग्रन्थको विमोचन कार्यक्रममा बोल्दै वैद्यले पुराना प्रतिक्रियावादी हुँदा हुँदै नयाँ प्रतिक्रियावादीहरुसँग पनि लड्नु परेको बताए । वैद्यले माओवादी केन्द्रका नेताहरुलाई नयाँ प्रतिक्रियावादीहरु भनी संकेत गरेका थिए ।  

नेपालमा क्रान्ति सम्पन्न नभएको दाबी गर्दै वैद्यले प्रतिक्रियावादी शक्तिहरुकाविरुद्ध निरन्तर लड्दै आएकाहरुले नै प्रतिक्रियावादीहरुर्ला अंगालो हालेको भन्दै तत्कालिन माओवादी नेतृत्वको आलोचना गरे । 

क्रान्तिकारी माओवादी महासचिव वैद्यले आफूहरु अहिले कमजोर अवस्थामा रहेको स्वीकार गर्दै आफ्नो शक्ति बलियो नबनाउँदासम्म लड्न नसकिने बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद