Media Network

महरले भने- राष्ट्रिय सहमति जुटाएर एसपिपी सम्झौता रद्द गर्नुपर्छ


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर एसपिपी सम्झौता रद्द गर्नुपर्ने बताएका छन्। बालुवाटारमा आयोजना गरेको फुटसल प्रतियोगिताको उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपिपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनुपर्ने बताएका हुन्।

उनले भने, 'एसपिपी अगाडि नबढाउने भनेर प्रधानमन्त्रीले पनि भनिसकेका छन्। सेनाले पनि एसपिपीमा सहभागी नहुने भनिसक्यो। सबै राजनीतिक दलले पनि एसपिपी स्विकार्न नहुने धारणा राखेका छन् ।' महरले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमतिका साथ एसपिपी रद्द गर्ने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरे।

वैदेशिक मामिलाको विषयलाई लिएर राजनीतिक मुद्दा बनाएर गिजोल्न नहुने उनको भनाइ छ। उनले भने, 'यो विषय दलहरूले एकले अर्कालाई राष्ट्रघाती करार गर्ने कुरा होइन।

पूर्ववत् केपी ओली सरकारले एसपिपी इन्डाेप्यासिफिक स्ट्राटेजीको अंग भएको थाहा भाएर पनि खारेज नगरेर किन होल्ड गरेको भन्दै उनले प्रश्नसमेत गरेका छन्। उनले भने, 'अमेरिकाले एसपिपी सम्झौता सैन्य रणनीतिको अंग भनेपछि पनि ओली सरकारले सम्झौता किन होल्ड गर्‍याे ? त्यसका पछाडिको नियत के थियो ? 

Share:
Reaction :
ताजा समाचार
खेलकुद