काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोइराला परिवार विभाजित बनेको छ ।
कांग्रेसको नयाँ नेतृत्वका लागि कोइराला परिवारका डा.शेखर कोइराला मैदानमा उत्रिएका छन् । भने विगतदेखि नै सभापतिको लाइनमा देखिएका अर्का डा.शशांक कोइरालाले पछि हट्दै केन्द्रिय सदस्यमा उम्मेदवारी दिए । यघपी उनी स्पष्ट रुपमा कहि कतै नखुलेतापनि अन्तत डा.शेखर कोइरालालाई नै समर्थन गर्ने प्राय निश्चित जस्तो नै छ ।
यता कोइराला परिवारकी अर्की नेतृ सुजाता कोइराला भने दाजु शेखर कोइरालाको विपक्षी प्रकाशमानको समुहबाट उप सभापतिको उम्मेदवारको रुपमा चूनावी मैदानमा उत्रेकी छन् ।
हालसम्म डा.शशांक पछि अर्का सभापतिका प्रत्यासी मानिएका रामचन्द्र पौडेलले पनि सभापतिको लाइनबाट पछि हट्दै नेतृत्वको रस्साकस्सीबाट आफूलाई अलग राखेका छन् ।
महाधिवेशनको अन्तिम नामाबली प्रकाशन
कांग्रेसको १४ औं महाधिवेशन महाधिवेशन अन्तर्गत सोमबार हुने मतदानका लागि उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशित भइसकेको छ ।
जसमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।सभापतिमा उम्मेदवारी दिएका ६ जनामध्ये युवराज न्यौपाने तथा सहमहामन्त्रीबाट सुरेन्द्रप्रसाद चौधरीले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।