Media Network

माइतीघर मण्डलामा जल्यो नागरिकता विधेयक


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं । विभिन्न ६ वटा कम्युनिस्ट पार्टीले सरकारले संसदमा अगाडि सारेको नागरिकता विधेयक जलाएका छन् । सरकारले हालै ल्याएको नागरिकता विधेयक राष्ट्रघाती भन्दै ६ कम्युनिस्ट घटकले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विधेयक जलाएका हुन् । 

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति, नेपाल कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी, नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा, नेपालले संयुक्त कार्यक्रम गरी विधेयक जलाएका हुन् । 

विधेयक जलाउने क्रमम प्रहरीले बल प्रयोग गरी खोसेको थियो । विधेयक जलाउने कार्यक्रमपछि सोही ठाउँमा कोणसभा गर्दै नेताहरुले सरकारले हालै ल्याएको नागरिकता विधेयकमा राष्ट्रघाती प्राबधानहरु राखिएको भन्दै खारेजीको माग गरेका छन् । 

कोणसभामा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य परि थापा, नेकपा मसाल समन्वय समितिका नेता रामबहादुर बुढा, नेकपाका नेता लोकनारायण सुवेदी र अभियन्ता साध्यबहादुर भण्डारीले सरकारले संसदमा टेवल गरेको नागरिकता विधेयकमा रहेका राष्ट्रघाती प्रावधानहरुका विषयमा चर्चा गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद