Media Network

मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा


खबरस्टोरी संवाददाता

१० कार्तिक २०७८,बुधबार

काठमाडौँ। वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गरिन्  । यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिने बताएकी थिहिन्  । 

शाक्यले आजै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शार्मा ओलीसँग समेत सल्लाह गरेको र उनले विश्वासको मत नपाउने निश्चित भएको अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने सल्लाह दिएको भन्दै राजीनामा दिने बताइन् । 

पाँच दलीय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि आफूले राजीनामा दिने उनको भनाइ थियो । उनले राजीनामा दिने निश्चित भएपछि यस प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उनको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद