Media Network

मैले बोलेको बुझ्ने बद्धिजीवी नै छैनन्, कांग्रेस कार्यकताले त मेरो विचार बुझ्ने हैसित नै राख्दैनन् : ओली


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उखान टुक्का आफुले नभई नेपाली कांग्रेसका कार्यकताहरुले बोल्ने गरेको बताएका छन् । 

सोमबार पोखरामा अयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा आफुले बोलेको बुझ्ने बुद्धिजीविहरू नै नभएको जीकीर पनि गरे । 

उनले भने “मैले राखेको राष्ट्रि निर्माणको विचारलाई उखान टुक्का भन्छन् । मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् । कांग्रेस कार्यकताहरुले त मेरो विचारलाई बुझ्नै हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्नु पर्यो नि ? त्यसैले मैले उनीहरुलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु” । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद