'मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट पनि हटाउन सक्छन्'


खबरस्टोरी संवाददाता
२६ मंसिर २०७८, आईतवार
'मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट पनि हटाउन सक्छन्'

काठमाडाैँ । नेपाली कांग्रेसका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले आफूलाई जसरीपनि जिताउन आग्रह गरेका छन् । 

आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग छलफल गरेका छन् 

आधिबासी जनजाती विभागले कांग्रेसको १४ औँ महाधिवशेन प्रतिनिधित्व गर्न अधिबासी जनजाती समुदायका प्रतिनिधिको छलफल आयोजनना गरेको थियो ।

उनले छलफलमा आफूले सभापतिमा हारेमा धेरै प्रश्न उठ्ने पनि बताएका छन् ।

 "मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला ।", सभापति देउवाले भन्नुभयो पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्, "त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।"