Media Network

मिलन पाण्डे विवेकशील साझाको साधारण सदस्यसमेत नरहने गरि निष्काशित


खबरस्टोरी संवाददाता

६ पुष २०७८,मंगलवार

काठमाडौँ। विवेकशील साझाले मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । पार्टीमा गम्भीर क्षति पुर्‍याउने गरी बदनीयतपूर्ण ढंगले पार्टी विधान र केन्द्रीय कमिटीका निर्णयहरु विपरीत निरन्तर गतिविधि गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको विवेकशील साझाले जनाएको छ।

पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण गरिएकोमा एक दिन ढिलो जवाफ दिएको र सोधिएका प्रश्नको पनि चित्तबुझ्दो जवाफ नआएको हुँदा कारबाही गरिएको विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्।





Share:
Reaction :
ताजा समाचार
खेलकुद