Media Network

मन्त्री आलेको दोहोरो चरित्र, हस्ताक्षर फिर्ता लिए (पत्रसहित)


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आलेले दोहोरो चरित्र देखाएका छन् । आफ्नो दल नेकपा एकीकृत समाजवादी पार्टीका तीनजना मन्त्रीलाई उनले फनफनी घुमाए, कहिले संसदीय दलको बैठक डाक्न अपिल गराउने त कहिले सरकारबाट फिर्ता आउन नमान्ने गरेका आलेले अन्तत मन्त्रीहरुको समूह नै छाडे ।

आलेले पत्र लेखी हस्ताक्षर फिर्ता लिएको घोषणा गरे । ९ असारमा माधवकुमार नेपाललाई ८ बुँदे मागसहित दलको बैठक डाक्न हस्ताक्षर गरेका प्रेम आले यु टर्न भएका छन् ।



आलेसहित कृष्णलाल महर्जन, धनबहादुर बुढा, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विना देवी बुढाथोकीले हस्ताक्षर फिर्ता लिएका छन् ।मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठका अलावा सांसद निरा जैरुले भने हस्ताक्षर फिर्ता गरेका छैनन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद