शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरुलाई तोकिएको समयमा नै राष्ट्रिय सभाको बैठकमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन निर्देशन दिएका हुन् ।
संविधानले सरकारका मन्त्रीहरुलाई व्यक्तिगत वा सामुहिक रुपमा सदन प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ, उनले भने “माननीय मन्त्रीहरुले आफ्नो मन्त्रालय संग सम्बिनधित कार्य सूचिलाई अगाडी बढाउन सहयोग गर्नु र संसदमा उठेका प्रश्नहरुको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको जिम्मेवारी हो । म नेपाल सरकारका मन्त्रीहरुलाई तोकिएको समयमा राष्ट्रिय सभाको बैठकमा उपस्थित भएर सदन मार्फत जनताप्रति जवाफदेही बन्न रुलिङ गर्दछु ।”