मन्त्रीमण्डलमा सहभागी हुने नयाँ मन्त्रीहरुको शपथ आज


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
मन्त्रीमण्डलमा सहभागी हुने नयाँ मन्त्रीहरुको शपथ आज
काठमाडौं । सत्ता गठबन्धन दल अन्तर्गतको नेकपा एकीकृत समाजवादीबाट थपिएका नयाँ मन्त्रीहरूको सपथग्रहण आज हुँदैछ ।

शीतल निवासमा बिहान ११ बजे आयोजित विशेष समारोहबीच आज राष्ट्रमन्त्री विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउने बताइएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।