काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद् बैठकमा स्थानीय तहको निर्वाचन मिछि घोषणा गरिने बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको आइतबारको बैठकमा स्थानीय तहको निर्वाचन घोषणा गर्नेबारेमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए ।
यसअघि निर्वाचन आयोगका प्रमुख आयुक्तसँग छलफल गरी जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन गर्नेबारेमा छलफल भएको थियो । सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।
अघिल्लो पटक तीन चरणमा स्थानीय तहको निर्वाचन गरिए पनि यो पटक भने एकै चरणमा गर्न आयोगले सरकारलाई सुझाव दिएको छ ।