Media Network

मन्त्रिपरिषद् फेरबदलको तयारी


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् फेरबदलको तयारी गरिएको छ । नेकपा (एकीकृत समाजवादी) ले ६ महिनाको समयसीमा दिएर सरकारमा पठाएका आफ्ना मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री देउवाले मन्त्री हेरफेर गर्न लागेका हुन् ।  

आर्थिक वर्ष २०७९/८० को बजेट पेश भएलगत्तै एकीकृत समाजवादीले निर्णय गरी आफ्ना मन्त्रीहरु हेरफेरको सिफारिस प्रधानमन्त्री देउवासमक्ष गरेको थियो । एकीकृत समाजवादीभित्रैको किचलोका कारण देउवाले मन्त्रिपरिषद् पुनर्गठन रोकेका थिए ।                       

एकीकृत समाजवादीले मन्त्रीहरू प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र भवानी खापुङलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।

समाजवादीले श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम तथा रोजगार र खापुङलाई स्वास्थ्यमन्त्री तथा हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ । पार्टीको निर्णयपछि मन्त्रीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले चलखेल गरी प्रधानमन्त्री देउवालाई रिझाएकोसमेत सोही पार्टीका नेताहरुले आरोप लगाएका थिए । 

मन्त्रीबाट फिर्ता हुने निर्णय भइसकेका मन्त्री पुनः नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीमाथि अश्लिल गालीबेइज्जती र दुब्र्यवहार गरी विवादित बनेका छन् । 

एकीकृत समाजवादीका मन्त्रीहरु फेरबदलसँगै बजेटका विषयमा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्मालाई पनि हटाउनुपर्ने चर्चा नेकपा माओवादी केन्द्रभित्र चलेको छ । यद्यपि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शर्मालाई हटाउने पक्षमा नदेखिएको माओवादी स्रोतको दाबी छ । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा पनि पार्टीभित्रको विवादसँगै मन्त्री फेरबदल गर्नेबारे छलफल चलिरहेको छ । जसपामा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच द्वन्द्व चर्किएको छ । भट्टराईले यादवविरुद्ध हस्ताक्षर अभियान नै चलाएका छन् । प्रधानमन्त्री देउवा भने जसपाको पार्टीभित्रको विवाद हुने गरी मन्त्री हेरफेर गर्न नहुने पक्षमा छन् । 

प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रदेशका कार्यक्रम सकाएर फर्किएपछि मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद