आइतबार अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको पुस्तक अतृप्त अवसरको लोकार्पण कार्यक्रममा बोल्दै थापाले भने,‘अहिले प्रधानमन्त्री कार्यालयमा पुग्नुभयो भने सचिव झोक्राएर बसिरहेको देखिन्छ, प्रधानमन्त्रीको टिम त तगडा हुनुपर्ने होइन र ?’ अन्य मन्त्रालय परिषदमा रहेका सचिवलाई दु:ख दिनुपरेमा प्रधानमन्त्री कार्यालय सरुवा गर्ने र कामविहीन राख्ने प्रवृत्ति रहेको थापाले बताए ।