Media Network

मन्त्रिपरिषद् विस्तार गर्दा केही योग्य नेताहरु छुटेकाेमा दु:ख लागेको छ : प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता

२३ आश्विन २०७८,शनिबार

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीका क्षमतावान र योग्य नेताहरु छुटेको बताएका छन् । देउवाले हिजो मन्त्रिपरिषद्लाई सङ्ख्यात्मक हिसाबले पूर्णता दिए पनि केही क्षमतावान र योग्य नेताहरु छुटेको बताएका हुन् । 

बालुवाटारमा भएको विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘सरकारमा आउनै पर्ने व्यक्ति पनि गठबन्धनका कारण आउन पाउनुभएको छैन, मलाई राम्रोसँग थाहा छ ’ । 

देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनभित्र बल्ल हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्  । त्यसमाथि प्रधानन्यायाधीशका आफन्तलाई समेत भागबण्डामा मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद