Media Network

माओवादी अध्यक्ष प्रचण्ड नेता नारायणकाजी लगायत अधिंकाश नेताहरुलाइ कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

२४ पुष २०७८,शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठ लगायत अधिंकाश नेताहरुलाइ कोरोना संक्रमण देखिएको छ ।पार्टी अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् । त्यस्तै माओवादीका नेता नारायणकाजी श्रेष्ठ लगायत हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, युवा नेताहरू दीपशिखा, रमेश मल्ल, सुमन देवकोटा, सुवोध सेर्पाली, बिद्यार्थी अध्यक्ष पञ्चा सिंहलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद