प्रमुख स्वकीय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूलाई स्थानीय निर्वाचनको तयारीबारे निर्देशन दिने बताए ।
प्रचण्डसँगै शिक्षामन्त्री देबेन्द्र पौडेल पनि पोखरा गएका छन् । प्रचण्ड हिजो सिन्धुलीमाढी गएका थिए । फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि अध्यक्ष प्रचण्ड देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन्।